महिन्द्रा केयर फेस्ट २०२५ आयोजना हुँदै

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि. ले यही फाल्गुण १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्नै भएको छ ।
याे अवसरमा ग्राहकहरुले ४५-पोईन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्मको छुट, १० प्रतिशतसम्म् विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरु को पनि लाभ लिन सक्ने छन् ।
महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्ने छन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।
साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ ।
साथै महिन्द्राका सर्टिफाइड एचभ-इलधभम गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौँ, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध छ ।
प्रतिक्रिया