ललितपुरको इमाडोलमा आगलागी
नेपालखोज
२०८१ फागुन १३ गते २०:१८

पाटन (ललितपुर) । ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङग पसलमा अहिले साँझ आगलागी भएको हो ।
‘प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने । रासस
सम्बन्धित








प्रतिक्रिया