शनिबार, वैशाख १३, २०८२

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ फागुन १४ गते १०:५९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया