शनिबार, वैशाख १३, २०८२

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

नेपालखोज २०८१ फागुन १४ गते २०:३०

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को उपाधि म्यानमारले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको फाइनल खेलमा नेपाललाई २–० ले हराउँदै म्यानमारले उपाधि जितेको हो ।

फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो । म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् । ३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् ।

त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन । ४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् ।

नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो ।

प्रतिक्रिया