४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
नेपालखोज
२०८१ फागुन १५ गते ११:५२

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।
बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरेकाे हाे ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।
सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् ।
सम्बन्धित

प्रतिक्रिया