गरिमा विकास बैंक कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित द एचआरएम अवार्डस फर कर्पोरेट एक्सीलेन्स अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४ इन डेभलपमेन्ट बैंक, रिजिनल बैक र फाईनान्स कम्पनी विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको बैंकले जनाएको छ ।
आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया