शनिबार, वैशाख १३, २०८२

भद्रपुरझापा गोल्डकप : उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा-११ भिड्दै

नेपालखोज २०८१ फागुन १६ गते ९:११

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।

झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो ।

प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई १३ लाख रुपैयाँ तथा उपविजेतालाई सात लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतिक्रिया