वडाध्यक्ष मुखियाको निधन
नेपालखोज
२०८१ फागुन १७ गते १०:३७

रौतहट । माधवनारायण नगरपालिका-४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ निर्वाचित भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया