सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिना माग गरिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् ।
उनले भने, ‘वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित भएका छन् । त्यसैले जतिसक्दो चाँडो उनीहरुको समस्यमा समाधान गर्नुपर्छ ।’
सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको तामा उत्खननलाई वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरी पुनःसञ्चालनका लागि सरकारसँग माग गरे ।
सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया