शनिबार, वैशाख १३, २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको एमडिआरटी-२०२५ सम्मान कार्यक्रम सम्पन्न

नेपालखोज २०८१ फागुन १८ गते १७:०९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको एमडिआरटी-२०२५ (मिलियन डलर राउण्ड टेबल) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८१ साल, फागुन ९ र १० गते भरतपुरको चितवन स्थीत, सिराइचुली होटेलमा भव्यताकासाथ सम्पन्न गरिएको थियो ।

याे कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल तथा प्रशिक्षण प्रदान गर्नु पनि रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरलाई सो कार्यक्रममा सहभागी गराउदै आएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि.सी. प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी साथै उत्कृष्ट कार्य गर्दै छनोट भएका शाखा प्रमुखहरु र केहि विभागिय प्रमुखहरु गरी ७० जनाको सहभागिता रहेको थियो ।

यस कार्यक्रममा, ४२ जना एम्..डी.आर.टी. क्वालिफायर र ३ जना सि.ओ.टि. क्वालिफायर लाई खादा, माला, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरिएको कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार यो कार्यक्रमको उद्देश्य सम्मान मात्र नभइ उपस्थित सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्नु पनि रहेको हुनाले उक्त कार्यक्रममा तालिम प्रदान गर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमान्शु जोशीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षित सहभागीको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ । यस्तो किसिमको कार्यक्रमले लिडर्सलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव रहेको छ ।

उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरको मुख्य भूमिका रहेको बताउदै सो सभामा उपस्थित सिटिजन लिडरलाई धन्यवाद ज्ञापन गरे । उनले आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे ।

प्रतिक्रिया