बुधबार, पुष २, २०८२

‘स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ’

नेपालखोज २०८१ फागुन १८ गते १९:४२

पथरी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताएका छन् ।

मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आज सिटी स्क्यान सेवा उद्घाटन गर्दै उनले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताए ।

मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।

अरनिको हस्पिटल प्रालिले १२ वर्ष प्रवेश गरेसँगै सिटी स्क्यान सेवा सुरु गरेको हो । रु चार करोडको लागतमा यो सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए ।

प्रतिक्रिया