नक्कली शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
नेपालखोज
२०८१ फागुन १९ गते १२:५२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा झाविरुद्धको मुद्दामा सुनुवाइका लागि पेशी तोकिएको हो ।
गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया