अध्यक्ष दाहालले बोलाए पदाधिकारी बैठक

नेपालखोज २०८१ फागुन १९ गते १५:५५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी बैठक बोलाएका छन् ।

अध्यक्ष दाहालले बैठक निजी निवास खुमलटारमा बस्ने गरी बाेलाएका हुन् । बैठकमा समसामयिक राजनीति,अभियानको समीक्षा लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेका हुन् ।

माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सञ्चालन गरेको छ । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयकबारे पनि छलफल हुने छ ।

प्रतिक्रिया