कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबिच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडाैंस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवामा ग्राहकलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स रे, अल्ट्रासोनोग्राफी, युएसजी, इको कार्डियोग्राफी, लगायतका सेवामा पाँच प्र्रतिशत तथा फार्मेसीमा पाँच देखि १० प्रतिशतसम्म छुट हुने छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया