केपीलाई विद्या भण्डारीले भनिन् : कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुस्

नेपालखोज २०८१ फागुन १९ गते १६:४७

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री केपी ओलीले थप योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

सोमबार काठमाडौंमा पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गरिन् ।

उहाले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिकाको स्मरण गरिन् । राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थीतिमा पनि लोकतान्त्रीक मूल्यमान्यतालाई आत्मसाथ गर्नुपर्ने उनले बताइन् ।

भण्डारीले बहुलबाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना परिघटनाले बिचलित तुल्याउन नसक्ने उल्लेख गरिन् ।

प्रतिक्रिया