ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

नेपालखोज २०८१ फागुन १९ गते १८:०९

मनहरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्युभएको छ भने एक जना घाइते भएका छन् ।

आज मनहरी-७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर-१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया