अबदेखि खरिद बिक्रीमा प्राथमिक पुँजीको २० प्रतिशत सिमा लागु

नेपालखोज २०८१ फागुन १९ गते २१:०९

काठमाडौं । अबदेखि खरिद बिक्रीमा प्राथमिक पुँजीको २० प्रतिशत सिमा लागु भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार बिदेशी बिनिमय कारोबार गर्न अनुमती पाएका बैंक तथा वित्तीय संस्थाहरु, बिदेशी मुद्रा कारोबार गर्न अनुमती पाएका सम्पुर्ण निकायहरु तथा नेपाल राष्ट्र बैंक, बैंकिङ बिभाग लगायतका सम्पुर्ण प्रदेशस्थित कार्यालयहरु समेतको नाउँमा परिपत्र जारी गर्दै प्राथमिक पुुंजी सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्र मार्फत राष्ट्र बैकले भनेको छ, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८० को एकीकृत इ. प्रा. परिपत्रः १९ ÷ २०८० को दफा २ को बुँदा (ग) लाई देहायबमोजिम संशोधन गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

परिपत्र अनुसार प्रोपिट्यारी अन्तर्गतका डेरिभेटिभ्स कारोबारको हकमा बक्यौता खरिद र बिक्री दुवैको जोड प्राथमिक पूँजीको २० (बीस) प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था तोकिएको छ ।

प्रतिक्रिया