दुईवटा समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
नेपालखोज
२०८१ फागुन २० गते ७:३५
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानी जहाज कार्यालय सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ ।
सम्बन्धित

प्रतिक्रिया