क्रेस्ट माइक्रो इन्स्योरेन्सको सेयर आजदेखि खुल्ला
नेपालखोज
२०८१ फागुन २२ गते ११:४८

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला हुने भएको छ । कम्पनीले जारी गरेको आह्वान पत्र अनुसार बिहीबारदेखि आईपीओ बिक्रीका लागि खुला भएको हो ।
उक्त सेयर छिटोमा फागुन २६ गते बन्द हुनेछ । याे अवधिमा बिक्री नभएमा चैत ६ गतेसम्म समय थप गर्नसक्ने जनाइएको छ । कम्पनीले ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको थियो ।
याे रकममध्ये १० प्रतिशत रकम वैदेशिक रोजगारीमा गएका, ३ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका सेयरधनीलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया