पूर्वयुवराज पारस साह ४ दिनपछि डिस्चार्ज
नेपालखोज
२०८१ फागुन २२ गते १२:४१

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको ४ दिनपछि डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज भएका हुन् ।
निवासमै हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए ।
सम्बन्धित

प्रतिक्रिया