नेप्सेमा झिनो अंकले गिरावट, चार वटा समुहले कमाउँदा नौं वटाले गुमाए

काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन २५ दशमलव १६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि २.७० अंकले घटेर २ हजार ८१८.४३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव शुन्य तीन अंकले बढेर ४७०.६० अंकमा पुगेको छ ।
तीन सय १० वटा कम्पनीहरुको ९३ हजार ८९५ पटकको कारोबारमा एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार हुँदा चार वटा समूहहरुको सूचक बढेपनि बाँकी ९ वटा समूहको सूचक भने घटेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक ०.४३ अंकले बढेर १ हजार ४१७.९० अंकमा पुग्दा बिकास बैंक, उत्पादनमुलक र लघुवित्त समूहको सूचक पनि बढेका छन् ।
जलबिद्युत समूहको सूचक २.४७ अंकले घटेर तीन हजार ७८८.७९ अंकमा झर्दा जीवन बिमा समूहको सूचक ११५.४३ अंकले घटेर १४ हजार दुई सय ३८.४२ अंंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ६.२२ अंकले घटेर १३ हजार १०१.४६ अंकमा झर्दा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इस्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा नबिल डिवेञ्चर २०८२ ले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया