भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ कार्यान्वयनमा

काठमाडौं । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रदायक सबै कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० र सो पश्चात २०८१ फागुन २१ गतेसम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको हो, राष्ट्र बैंकले भनेको छ । विद्युतीय भुक्तानी कार्ड सञ्चालनको लागि राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग निर्देशनहरु जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत व्यवस्था अन्र्तगत विद्युतीय भुक्तानी कार्ड जारी गर्नु पूर्व यससम्बन्धमा आवश्यक नीति सञ्चालक समितिबाट पारित गरी लागू गर्नुपर्ने छ । विद्युतीय भुक्तानी सेवा सञ्चालन र सुरक्षा तथा जोखिम व्यवस्थापन लगायतका मापदण्ड सम्बन्धमा यस बैंकबाट समय समयमा जारी गरिएका निर्देशनको पालना हुने गरी उक्त नीति अद्यावधिक गर्नुपर्ने छ । राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्थाले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अनुमतिपत्रप्राप्त “क” तथा राष्ट्रियस्तरका “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन ।
अनुमतिपत्रप्राप्त राष्ट्रियस्तर बाहेकका “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था र राष्ट्रियस्तरका “घ” वर्गका संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नेछन । बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक (पिएसपी) को अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन । प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेष्टिक कार्ड योजना अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
निर्देशन अनुसार विद्युतीय भुक्तानी कार्ड जारी गर्दा ग्राहकलाई दिनुपर्ने सूचना तथा जानकारी अन्र्तगत कार्ड प्रयोग गर्न महत्वपूर्ण शर्त तथा बन्देजको सूचीमा न्यूनतम विषय समावेश गरी ग्राहकसँग सम्झौता गर्नुपर्ने छ । यस्तो सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने छ ।
कार्डबाट गर्न सकिने कारोबारको प्रकार, कार्ड जारी गर्दा तथा कारोबार गर्दा तिर्नुपर्ने सेवा शुल्क, कारोबारको संख्या सीमा भएमा सोको विवरण, नगद तथा भुक्तानी कारोबारको सीमा, क्रेडिट कार्डको हकमा क्रेडिट सीमा, कार्डमार्फत गरिएको कारोबारको बिलिङको समयावधि तथा माध्यम, रकम भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी गर्न नसकेमा वा न्यूनतम रकम मात्र तिर्दा लाग्ने ब्याजदर तथा हर्जाना र सोको लेखाहिसाबको विधि (उदाहरणसहित स्पष्ट हुने गरी) सुरक्षित कारोबारको लागि कार्ड प्रयोग गर्दा ग्राहकले अपनाउनुपर्ने सजगता आदिको बारेमा ग्राहकलाई जानकारी दिनुपर्ने छ ।

प्रतिक्रिया