शनिबार, वैशाख १३, २०८२

आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्यसहित ‘होली सररर’ सार्वजनिक

नेपालखोज २०८१ फागुन २४ गते २१:५४

काठमाडौं । गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार अभिनय देख्न सकिन्छ । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

गायक रुद्रसेनले भने, ‘यसपालिको होलीलाई अझ रमाइलो बनाउनका लागि ‘होली सररर’ तयार पारेको छु ।’ गीत युट्युब र अन्य डिजिटल प्लेटफर्ममा उपलब्ध छ ।

प्रतिक्रिया