सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक र विशेष बढुवा भएका अधिकृतलाई फागुन २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार (माननीय गृह मन्त्रीस्तर)को मिति २०८१ साल फागुन २० गतेको निर्णयले कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका हुन ।
यसैगरी नेपाल सरकार (गृह मन्त्रालय सचिवस्तर)को फागुन १ गतेको निर्यणले प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी निरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक वेद प्रकाश यादव पदोन्नती भएका थिए भने अवकाश पूर्व संजय कुमार गोईत सशस्त्र प्रहरी नायव उपरीक्षक र प्रकाश सिंह ठकुरी सशस्त्र प्रहरी निरीक्षक पदमा विशेष बढुवा भएका थिए ।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई हार्दिक शुभकामना दिंदैं बढुवासँगै थप भएको जिम्मेवारीहरुलाई कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए । उनले सरुवा तथा बढुवा संगठनको नीति नियमानुसार पारदर्शी भएको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावना लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया