२० अंकले घट्यो नेप्से, अन्य बाहेक सबै समुहरुको सुचक रातै

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन ४६ दशमलव ३३ अंकले घटेको नेप्से आज सोमबार २० दशमलव ६८ अंकले घटेर २७ सय ५१ दशमलव ४२ अंकमा खुम्चिएकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले घटेर चार सय ५९ दशमलव ७६ अंकमा खुम्चिएको छ । तीन सय ११ वटा कम्पनीहरूको ८७ हजार एक सय ५६ पटकको कारोबारमा एक करोड ५० लाख ९४ हजार नौं सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य समूहको सूचक दुई दशमलव शून्य सात अंकले बढेको छ भने बाँकी समूहहरूको सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक छ दशमलव १६ अंकले घटेर १३ सय ९२ दशमलव ३५ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ४३ दशमलव ३३ अंकले घटेर तीन हजार छ सय ८२ दशमलव ३२ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक पनि ५८ दशमलव ३३ अंकले घटेर १३ हजार नौं सय ३१ दशमलव ३८ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ८८ दशमलव शून्य पाँच अंकले घटेर १२ हजार आठ सय ४७ दशमलव ६८ अंकमा पुगेको छ ।यसै गरी विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया