बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका–७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका–५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।
ठगी मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
ठगी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी कालीगण्डकी गाउँपालिका–६ घर भई ललितपुर, ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठ रहेका छन् ।
जिल्ला अदालत भक्तपुरबाट २०८० मंसिर २२ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर बागडोलबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
मृत अवस्थामा फेला
भक्तपुर, सूर्यबिनायक नगरपालिका–१० चित्तापोलस्थित बारीको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिसौघारीस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया