भेष्पा अप्रिला स्कुटरको नयाँ सोरुम गैंडाकोटमा, विशेष उद्घाटन अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

काठमाडौं । नेपालका लागि भेष्पा अप्रिला स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रा. लि.ले यही फागुन २६ गतेदेखि गण्डकी प्रदेश नवलपुर जिल्लाको गैंडाकोट वडा नं ५ जनक क्याम्पस गेट अगाडि रुबी ब्रदर्स मल्टीपर्पोज प्रा. लि. मार्फत भेष्पा अप्रिला को नयाँ शोरुम संचालनमा ल्याएको छ ।
गैंडाकोट क्षेत्रमा बढदै गएको भेष्पा अप्रिला स्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलरशीप सुरु गरिएको कम्पनीले जनाएको छ । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हशुन ।
गैंडाकोटको जनक क्याम्पस गेटमा अवस्थित रुबी ब्रदर्स मल्टीपर्पोजको यस भेष्पा अप्रिला स्कुटरको डिलरबाट ग्राहकले विश्वस्तरीय भेष्पा अप्रिला स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस साथै एक्सचेन्ज तथा यल कउयत फाइनान्सिङ्गको सुबिधा समेत प्राप्त गनेछन ।
शोरूमको शुभारम्भ गर्दै रुबी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले ग्राहकहरू माझ बढदै गएको भेष्पा अप्रिलाको लोकप्रियतालाई मध्यनजर गर्दै गैंडाकोटमा नयाँ शोरूम खोल्न पाउँदा अत्यन्तै उत्साहित भएको र ग्राहकहरूको बढदो मागलाई सम्बोधन गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न रुबी ब्रदर्स मल्टीपर्पोज प्रतिबद्ध रहेको जानकारी गराए ।
सोरुम उद्घाटनको अवसरमा फाल्गुन तथा चैत्र महिनाभरी गैंडाकोट शोरुममा शोरुम ओपेनिंग अफर सञ्चालन गरेको छ । सो अफर अन्तर्गत ग्राहक एवम उपभोक्ताहरूल भेष्पा अप्रिला स्कुटर बुक÷ खरिद गर्ने ग्राहकहरूले रु. १०,०००।०० क्यास डिस्काउन्ट प्राप्त गर्नेछन् ।
साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु ह्वीलरको उत्कृष्ट एक्सचेन्ज भ्यालु सँगै थप रु. १०,०००।०० अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन । साथै हरेक स्कुटरको खरिदमा रु. ६,००० बराबरको स्मार्टवाच र भेष्पा अप्रिलाको ब्रान्डेड हेल्मेट तथा किरिङ्क प्राप्त गर्नेछन । यस चैत्र महिना भरिमै टेस्ट ड्राइभ गर्ने ग्राहकहरूल विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया