शुक्रबार, वैशाख १२, २०८२

३२ अंकले घट्यो नेप्से, आठ अर्ब ३९ करोडकाे काराेबार

नेपालखोज २०८१ फागुन २७ गते १५:२८

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन झण्डै २१ अंकले घटेको नेप्से आज मंगलबार ३२ दशमलव २१ अंकले घटेर २ हजार ७१९.२० अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि ३.२८ अंकले घटेर ४५६ दशमलव ४७ अंकमा खुम्चिएको छ ।

३०३ वटा कम्पनीको ९२ हजार ३१ पटकको कारोबारमा आज एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर खरिद-बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा विकास बैंक समूहको सूचक १११.५७ अंकले बढेपनि बाँकी समूहको सूचक घटेका छन् । आज वाणिज्य बैंक समूहको सूचक ९.९० अंकले घटेर १३ सय ८२.४४ अंकमा खुम्चिंदा जलबिद्युत समूहको सूचक ५५.९१ अंकले घटेर तीन हजार ६२६.४१ अंकमा खुम्चिएको छ ।

जीवन बीमा समूहको सूचक १८२.४४ अंकले घटेर १३ हजार सात सय ४८.९४ अंकमा खुम्चिंदा निर्जीवन बीमा समुहको सुचक पनि एक सय २७.६० अंकले घटेर १२ हजार ७२०.७ अंकमा खुम्चिएको छ । यि बाहेक फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी कमाउँदा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया