मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

नेपालखोज २०८१ फागुन २७ गते १७:५५

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।

भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरुमा ८० प्रतिसत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिसत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

लुम्बीनी प्रदेशमा कम्तिमा पनि एक रूपैयाम्, डेढ अर्ब मात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालिन खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराएका थिए ।

उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखीत रुपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरु सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए ।

उक्त भेटर्वार्तामा खानेपानीमन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, लुम्बीनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया