शनिबार, वैशाख १३, २०८२

नेप्सेमा दोहोरो अंकले बृद्धि, कारोबार रकम आठ अर्ब २३ करोड नाघ्यो

नेपालखोज २०८१ फागुन २८ गते १५:२८

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ३२.२१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार १७ दशमलव २८ अंकले बढेर २७ सय ३६.४८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५५ अंकले बढेर चार सय ५९.शुन्य तीन अंकमा पुगेको छ ।

तीन सय २३ वटा कम्पनीहरुको ७९ हजार दुई सय ३६ पटकको कारोबारमा आज दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बिकास बैंक समुहको सूचक १९. ४८ अंकले घटेर पाँच हजार आठ सय ५९.८२ अंकमा पुगेको छ भने लघुवित्त समूहको सूचक पनि १४ दशमलव शुन्य आठ अंकले घटेको छ । यि बाहेकका बाँकी ११ वटा समूहहरुको सूचक भने आज बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ३५ अंकले बढेर १३ सय ८९.९७ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक पनि ३१.१६ अंकले बढेर तीन हजार छ सय ५७.५८ अंकमा पुगेको छ ।

जीवन बीमा समूहको सूचक पनि ८९.३२ अंकले बढेर १३ हजार आठ सय ३८.२७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५१.६१ अंकले बढेर १२ हजार सात सय ७१.६९ अंकमा पुगेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज पिपुल्स हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । माछापुच्छे« बैंकको संस्थापक शेयरको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया