शनिबार, वैशाख १३, २०८२

चितवनमा टाटाको नंया इभि सार्वजनिक

नेपालखोज २०८१ फागुन २८ गते १६:२७

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि-२०२५ चितवनमा लन्च गरेको छ। चितवनस्थित चितवन गार्डेन रिसोर्टमा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि-२०२५ लन्च भएका छन् ।

याे कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, चितवनका अध्यक्षको प्रमुख आतिथिय रहेको थियो ।

त्यस्तै सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए । टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि तत्पर लागिरहेको र ग्राहकलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे ।

आजबाट चितवनको ग्राहकले सफल मोटर्सको शोरुममा गएर लन्च भएको नंया गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्ने छन. ।

प्रतिक्रिया