शनिबार, वैशाख १३, २०८२

महिला टी–ट्वान्टी क्रिकेट : आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा युगाण्डासँग भिड्दै नेपाल

नेपालखोज २०८१ फागुन २९ गते १०:४२

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज दुई खेल हुँदै । नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दै छ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

आज पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेल घरेलु टोली युगाण्डा र नेपाल खेल्ने भएका छन् । हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

नामिबियासँग दुई र हङकङसँग एक हार भोगेको नेपालले युगाण्डालाई हराएको थियो । अब नेपालले चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया