समाजवादी मोर्चाको बैठक आज बस्दै

नेपालखोज २०८१ फागुन ३० गते ७:३४

काठमाडौं । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोआज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने भएकाे हाे ।

बैठक चैत १५ गते काठमाडौंमा हुन लागिएको विरोध सभाको तयारीका लागि बस्न लागेको हो ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्ति सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।

प्रतिक्रिया