सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका–६ थापाचोकस्थित सडकमा पुर्णे बजारबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका–७ बस्ने २१ वर्षीय नारायण राईको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुकुलास्थित सडकमा डिपि २ ए ७०८३ नम्बरको सिमेन्ट घोल्ने गाडि सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक बेनी नगरपालिका–२ खबरा बस्ने ४२ वर्षीय हेम बहादुर घिमिरेको घटनास्थलमै मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–८ सरस्वती पुलस्थित सडकमा रोकी राखेको प्रदेश २–०१–००१ त २३०१ नम्बरको ट्याक्टरमा बा.६४ प ५१७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–७ भान्टावारी बस्ने ३४ वर्षीय भुवन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित सडकमा गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवालको मृत्यु भएको छ । एम्बुलेन्सले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको एएसएण्डपि हस्पिटल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
काठमाडौं, चैत्र १
दाङको घोराही उपमहानगरपालिका–६ घर भई सोही उपमहानगरपालिका–१३ डुम्मरगाउँ डेरा गरी बस्ने ३२ वर्षीय गगन घर्ती मगरको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही उपमहानगरपालिका–६ स्थित बबई नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने ३१ वर्षीय ईन्द्रलाल मोक्तानको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दियाको मधुवन नगरपालिका–४ ढोढरी बस्ने ५४ वर्षीया असरानी थारूको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै गोठमा रहेको विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजानै क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया