नेपाल र चीनको ऐतिहासिक सम्बन्ध अझै मजबुत हुँदै गएको छ : सभामुख घिमिरे

नेपालखोज २०८१ चैत १ गते १३:२८

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)मार्फत नेपाल र चीनको ऐतिहासिक सम्बन्ध अझै मजबुत हुँदै गएको बताएका छन् ।

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपाल र चीनबीचको आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए । बिआरआईलाई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रुपमा लिनुपर्ने उहाले बताए ।

उनले लगानी सम्भावनालाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा रहेको उहाले बताए ।

सभामुख घिमिरेले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्दै दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान सदैव तत्पर रहँदै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया