विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

नेपालखोज २०८१ चैत १ गते १६:४२

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले आज म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटा र वडा नं.५ हाडेभिरमा आयोजना गरेको प्रदेशस्तरीय विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा उहाँले विपद्बाट हुने क्षति घटाउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता हो भने ।

नेपाली सेनाको पश्चिम पृतनाका प्रमुख मधुकरसिंह कार्कीले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीको क्षमता विकासका साथै समुदायस्तरमा चेतना अभिवृद्धिका लागि नमूना अभ्यास गरिएको बताए ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा अधिकारीको उल्लेख्य उपस्थिति रहेको नमूना अभ्यास प्रदर्शनीको स्थानीयवासीले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

नेपाली सेनाको टोलीले विपद् प्रतिकार्यका १० वटा अभ्यास प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया