लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८६० मिलिग्राम सहित सोही उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले गौरीफन्टाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.१–०१२ प ५४७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–७ हरिनगर बस्ने २५ वर्षीय लक्ष्मण चौधरी समेत ४ जनालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिनगर र इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१२ स्थित हाम्रो कटेज एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम र नगद ७ हजार रूपैयाँसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१२ बस्ने २४ वर्षीय प्रवेश शाही ठकुरी, २८ वर्षीय नविन श्रेष्ठ, ३७ वर्षीय धिरज दरै र ३२ वर्षीय सुभाष गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चितवनको खैरहनी नगरपालिका–१० सुर्तनीबाट लागूऔषध गाँजा १० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रविन चौधरी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–८ स्यानी गाउँबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका–७ बस्ने २१ वर्षीय प्रभाष शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५६० मिलिग्राम सहित सैनामैना नगरपालिका–४ बस्ने २१ वर्षीय राम मल्लाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८० ट्याब्लेट, स्पास्पेन ३७० ट्याब्लेट र नगद ४९ हजार ५ सय रूपैयाँसहित ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ, २० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित धनकुटा शहिदभूमी गाउँपालिका–४ बस्ने ३१ वर्षीय शिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया