बुटवल र भैरहवामा टाटाको नयाँ इभीहरु सार्वजनिक

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि – २०२५ बुटवल र भैरहवामा लन्च गरेको छ। भैरहवास्थित अम्बु मार्केटिंग र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि–२०२५ लन्च भएका छन् ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य र बुटवलका अध्यक्ष हरि प्रसाद अर्यालको प्रमुख आतिथिय रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, “आज टाटा इभिको नंया मोडलहरु बुटवल र भैरहवामा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ इभि देखि धेरै यात्रा गर्नको लागि नेक्सन के ३ इभि, बजेटमा एसयुभीको आनन्द लिनको लागि पन्च इभि र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो इभि २०२५ मोडल रोज्न सक्ने छन् ।
ग्राहकहरुले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर इभि गाडीको मज्जा लिन सक्नु हुन्छ । त्यस्तै अम्बु मार्केटिंगका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।
सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालको अनुसार बुटवलतिरको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरु लन्च भएको हुँदा यो इभिहरुले ग्राहकको रोजाईमा विश्वस्त रहेको जानकारी दिए । टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागितत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे ।
आईतबारबाट बुटवलका ग्राहकहरुले सफल मोटर्सको शोरुम र भैरहवाको ग्राहकहरुले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नंया गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नु हुन्छ ।
प्रतिक्रिया