आइतबार, वैशाख १४, २०८२

डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

नेपालखोज २०८१ चैत ३ गते २१:०७

खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ ।

स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पिर्तिबहादुर राई, रणबहादुर राई, अविन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिए । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुइकोठे भवन डढेलोले जलेर नष्ट भएको हो ।

दाम्लीको नबेल्खा जङ्गलमा आइतबारदेखि सुरु भएको डढेलोले डिकुवाका अन्य घरहरुमा समेत क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिए । रासस

प्रतिक्रिया