केयूको उपकुलपतिमा डा. अच्युत वाग्ले नियुक्त
नेपालखोज
२०८१ चैत ३ गते २१:१९

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीनजनामध्येबाट डा. वाग्लेलाई नियुक्त गरिएको हो ।
सो विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया