सोमबार, वैशाख २९, २०८२

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले लिए शपथ

नेपालखोज २०८१ चैत ४ गते १४:०२

काठमाडौं । काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् ।

कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका हुन् ।

शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेलगायत सहभागी थिए ।

प्रतिक्रिया