शुक्रबार, वैशाख १२, २०८२

२७ सय अंंकबाट ओर्लियो नेप्से, सात अंकले घट्दा चार अर्ब ३४ करोडको शेयर किनबेच

नेपालखोज २०८१ चैत ४ गते १५:२४

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन १०.१४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ७.६६ अंकले घटेर २ हजार ६९७.०४ अंकमा झरेको छ । क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले घटेर ४५२.८९ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१३ वटा कम्पनीको ५० हजार ८३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा अन्य समूहको सूचक २.६८ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समुहको सुचक २.०१ अंकले घटेर १ हजार ३७३.८२ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक २४.३२ अंकले घटेर पाँच हजार ६५०.६० अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ४.५८ अंकले घटेर २ हजार ६३०.३९ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि छ दशमलव ३५ अंकले घटेर तीन हजार ५९५.६६ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक पनि ९५.३४ अंकले घटेर १३ हजार ५२५.०९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सूचक ६८.५६ अंकले घटेर १२ हजार ६०७.९६ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः २३.९८, ०.४६, १७.०४, १५.५३, शुन्य दशमलव शुन्य सात र २७ दशमलव ८५ अंकले घटेका छन् ।

प्रतिक्रिया