शनिबार, वैशाख १३, २०८२

सिद्घार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टल सोलुसनसमा १० प्रतिशतसम्मको छुट

नेपालखोज २०८१ चैत ५ गते २१:४५

काठमाडौं । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनस् बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकहरुले बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसनस् काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्ने छन् ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया