शनिबार, वैशाख १३, २०८२

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड पुरस्कार

नेपालखोज २०८१ चैत ६ गते १३:१२

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई ५८ करोड नगद पुरस्कार दिइने भएको छ । यो रकम टोलीका सबै खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफमा बाँडफाँट गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रोहित शर्माको कप्तानीमा यही महिना भारतले च्याम्पियन्स ट्रफी जितेको थियो । मार्च ९ मा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया