बुधबार, मंसिर २४, २०८२

सशस्त्र प्रहरीद्वारा बाराको रामनगरबाट १०३ के.जी. गाँजासहित ट्रक नियन्त्रणमा

नेपालखोज २०८१ चैत ६ गते १५:२६

काठमाडौं । बारा जिल्लाको पचरौता नगरपालिका-३ रामनगरबाट चैत्र ६ गते राती सशस्त्र प्रहरी बलले करीव १ सय ३ किलो गाँजा सहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

बाराको रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चाकल बस्ने सिटको वर्नर भित्र र ट्रकको हुडमा लुकाएर लैजादै गरेको अबस्थामा उल्लेखित गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक थप आवश्यक अनुसन्धान र कारबाहिको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया