१२ अंकले घट्दा चार अर्ब ५६ करोडको शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन झण्डै १५ अंकले घटेको नेप्से आज बिहिबार पुन १२ दशमलव ३८ अंकले घटेर २६ सय ६९.७६ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले घटेर चार सय ४७ दशमलव ९४ अंकमा झरेको छ । नेप्सेमा आज २१२ वटा कम्पनीको ५५ हजार ४७६ पटकको कारोबारमा ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा जीवन बीमा समूहको सूचक चार दशमलव ७९ अंकले बढेर १३ हजार तीन सय २९ दशमलव शुन्य नौँ बिन्दुमा चढेको छ भने बाँकी समूहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सुचक पाँच दशमलव १५ अंकले घटेर १३ सय ६०.९५ अंकमा झरेकोमा विकास बैंक समुहको सुचक पनि ११ दशमलव ८१ अंकले घटेर पाँच हजार ६३१ दशमलव ३८ अंकमा झरेको छ । फाइनान्स समुहको सुचक ३५ दशमलव शुन्य दुई अंकले घटेर २५ सय ५५ दशमलव शुन्य तीन अंंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २२ दशमलव ८८ अंकले घटेर तीन हजार पाँच सय ४८ दशमलव ६१ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक १२१ दशमलव ६१ अंकले घटेर १२ हजार चार सय २१ दशमलव ७९ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहहरुको सूचक पनि क्रमशः ३३ दशमलव शुन्य तीन, शुन्य दशमलव ११, ५२ दशमलव १२, २७ दशमलव ४२, शुन्य दशमलव शुन्य सात, १४ दशमलव ७३ र १३ दशमलव ६२ अंकले घटेका छन् ।
प्रतिक्रिया