शनिबार, वैशाख १३, २०८२

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८१ चैत ६ गते १६:५१

काठमाडौं । काठमाडौं महानगरपालिका–११ बबरमहल चोक नजिक सडकमा बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माईतीघरमा उपचारको क्रममा मृत्यु भएको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ छापडाँडास्थित सडकमा बा.२ ख ६८०४ नम्बर बसको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी ३७ वर्षीया मन्जु तामाङको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलस्थित सडकमा बा.२५ प ४४०३ नम्बरको मोटरसाइकल ना.६ ख ४७५१ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखेलुका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त मोटरसाइकल र बा.प्र.०३०३ प ५२५७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । स्कुटर चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया