ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ,चार घाइते

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् ।
लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक ९वर्ष १८० र पूर्णलाल रसाइली ९वर्ष २१०को मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
चार जना घाइते मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् । भने अन्य मालिका गाउँपालिका-६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक रहेकाे वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिए ।
घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको वडा अध्यक्ष विकले जानकारी दिए ।
चार जना घाइते मध्ये एक जनालाई थप उपचारको लागि पोखराको मणि पाल पठाइएको छ । अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया