शनिबार, वैशाख १३, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नेपालखोज २०८१ चैत ७ गते १७:१५

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट र स्पास्पेन १ सय ९४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २० वर्षीय ईन्द्र मगर र सोही नगरपालिका–५ बस्ने ३० वर्षीय भबिन्द्र दर्जी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवनको कालिका नगरपालिक–७ लाहुरे चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल सहित सोही नगरपालिका–२ बस्ने ३० वर्षीय राजकुमार तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवनको कालिका नगरपालिका–७ क्लब चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय अमृत बम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिमको पाल्हीनन्दन गाउँपालिका–२ सुगौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही गाउँपालिका–३ छोट्की कुस्मा बस्ने ४० वर्षीय शेष कुमार उपाध्यायलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिमबाट खटिएको प्रहरीले युपि ५६ एबि ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका–९ बडेरवाबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सखुवा प्रसौनी गाउँपालिका–२ जमुनिया बस्ने ६० वर्षीय धुर्व ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–३ बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र गोदावरी नगरपालिका–६ बस्ने २१ वर्षीय रवी चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१०२ प ०१४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ बुद्धनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ८ सय ८० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका–६ हरामटारी चोक बस्ने २५ वर्षीय अनिल अधिकारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको बा.प्र.०१.००६ ख ३९७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–३ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका–५ दुर्गापुर बस्ने तेह्रथुम आठराई गाउँपालिका–५ घर भएका २१ वर्षीय सुन्दर सिवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महेशपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५९ मिलिग्राम र नगद ३ हजार ९ सय ६० रूपैयाँ सहित तिलोत्तमा नगरपालिका–१२ मकर्हर बस्ने २५ वर्षीय विशाल नायकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटाको शहिदभुमी गाँउपालिका–१ त्रिवेणीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–१ बस्ने ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई रहेका छन् । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले त्रिवेणीघाटबाट पोखरेतर्फ जाँदै गरेको प्रदेश ३–०२–०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया