नेपाल बैंकर्स संघले मनायो ग्लोवल मनी वीक

काठमाडौं । नेपाल बैंकर्स संघले बिभिन्न कार्यक्रम गरी ग्लोवल मनी वीक मनाएको छ ।
नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विक-२०२५ थिङक बिफोर यु फलो, वाईज मनी टुमारो भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरु आयोेजना गरी मनाएको हो ।
यसै सन्दर्भमा उक्त कार्यक्रममा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित शुक्रबार एक बृहत ¥याली आयेजना गरिएको संघले जानकारी दिएको छ । यसका साथै वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तार सँगै वित्तीय सेवाका आधारभूत पक्षवारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोेजना गरिएको थियो ।
बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने गरेका छन् । अर्गनाईजेशन फर इकोनोमिक एण्ड डेभलपमेन्ट (ओईसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसिडीले जनाएको छ ।

प्रतिक्रिया